कोरोनामा समस्या परेका दीर्घ रोगीका लागि शुक्लागण्डकी ८ ले गर्यो यस्तो निर्णय

  • ख-
  • ख+

दुलेगौंडा:शुक्लागण्डकी ८ ले निषेधाज्ञाका क्रममा अप्ठेरोमा परेका दीर्घरोगीको औषधी खरिदमा सघाउने निर्णय गरेको छ । वडाध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बसेको बैठकले रोगिहरुका लागि आौषधि खरिद गर्नका लागि समस्या भएकालाई सहजीकरण गर्ने निर्णय गरेको हो । वडाको सर्वपक्षीय बैठकले निम्न बमोजिम निर्णय गरेको अध्यक्ष रेग्मीले जानकारी दिए ।


१.कोरोनाको दोस्रो लहर वडामा भयावह रुपमा विकसित भैरहेको सन्दर्भमा लकडाउनलाई कडाईका साथ लागू गर्ने।

२.निर्माण सामग्रीको ओसारपोसारमा प्रयोग हुने,तरकारी वोक्ने लगायतका अति आवश्यक सवारी हरु समेत विहान ९ बजे सम्म मात्र चलाउने।

३.संक्रमितको संख्या बढ्दै गएको हुँदा तत्काल आईशोलेशनको लागि हिमालीटोल सामुदायिक भवनलाई तयारी अवस्थामा राख्नेआवश्यकताअनुसार वडाभित्रका सामुदायिक तथा टोल विकास संस्था एवम् आमा समुहको भवनहरुलाई प्रयोग गर्ने।

४.दीर्घ रोगीहरुका लागि आौषधि खरिद गर्नका लागि समस्या भएका सहजीकरण गर्ने।जसका लागि दीर्घ रोगीहरुले कृषि सेवा केन्द्रसंगै रहेको आधारभुत स्वास्थ केन्द्रमा आँफुले खाने आौषधिको नाम टिपाउनुपर्ने।

५.कोरोना संक्रमणवाट निधन भएका वडा नं ८ निवासी ८८ वर्षय ढाकानाथ गौतम प्रति श्रद्धाञ्जली व्यक्त तथा वडाभित्र हाल सकृय संक्रमित १४ जनाको शिघ्र स्वास्थलाभको कामना।
बैठकमा राजनैतिक दलका प्रतिनिधी एवम् तत्काल उपलव्ध टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको वडा कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी