म्याग्दे गाउँपालिकाले ७ वटै वडामा आईसाेलेसन सेन्टर खाेल्ने

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे गाउँपालिकाकाे जेठ १ गते बसेकाे १ सय दशाैं गाउँकार्यपालिकाकाे बैठकले गाउँपालिकाका ७ वटै वडाका विद्यालयहरूमा अाइसाेलेसन सेन्टर खाेल्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा बसेकाे बैठकले याे सँगै अन्य महत्त्वपूर्ण निर्णयहरू गरेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

म्याग्दे गाउँपालिका भित्र जामुने काेभिड अस्पतालकाे लागि तत्कालै अावस्यकताकाे अाधारमा दुई महिनाको लागि एक जना मेडिकल डाक्टर राख्ने गाउँपालिकाले निर्णय गरेको छ । यस्तै गाउँपालिका भित्रकाे काेभिड काेशमा बजेट कमि भएकोले तत्कालै नपुग रकम निकाशाकाे लागि नेपाल सरकार र प्रदेश सरकार सँग अनुरोध गर्ने निर्णय गरेको अधिकारीले बताए । गाउँपालिका भित्रका बैंक , बित्तिय संस्थाहरू हप्ताको ३ दिन , दिनको ३ घण्टा अाबस्यकताका अाधारमा खाेल्न दिने गापाले निर्णय गरेको अध्यक्ष मायादेवी रानाले बताइन् ।

यस्तै गापा तथा वडाबाट स्वीकृत याेजना , विकास निर्माणका काम स्वास्थ्य मापदण्डका अाधारमा गर्दै जाने निर्णय गरेको अध्यक्ष रानाले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी