
दमौली: तनहुँमा कोरोना संक्रमण मात्र नभएर ज्यान जाने क्रम पनि बढी देखिएको छ । दैनिक मृत्यु हुने क्रम देखिरहेका बेला पछिल्लो २४ घण्टामा मात्र तीन जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यसरी ज्यान गुमाउनेमा म्याग्दे ३ का ५१ वर्षका पुरुष सँगैभिमाद ६ कि ४४ वर्षीया महिला र शुक्लागण्डकी ६ का ४४ वर्षका पुरुष छन् ।यस अवधिमा २७ नयाँ संक्रमित थपिएका छन् ।
दैनिक निरन्तर ज्यान जाने क्रम बढ्न थाले सँगै जिल्लाका अस्पतालमा समेत संक्रमितको चाप बढेको छ ।