
पोखराः गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य निर्देशनालय , गण्डकी प्रदेशका अनुसार कास्कीका नौ र बागलुङका चार संक्रमितको संक्रमणका कारण ज्यान गएको हो ।
कास्की पोखरा महानगरपालिका १७ का ७३ वर्षीय कोरोना संक्रमितको मंगलबार उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । उनमा १६ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा ७ की ४५ वर्षीय संक्रमितको पनि मंगलबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा २७ वैशाखमा कोरोना देखिएको थियो ।
पोखरा १७ का ४४ वर्षीय संक्रमितको बुधबार चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।
पोखरा ८ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान पौने ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा मृत्यु भएको हो । पोखरा १५ का ६५ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
पोखरा १२ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति फिस्टेल अस्पतालमा निधन भएको छ ।
उनमा बुधबार नै कोरोना पुष्टि भएको थियो । पोखरा २६ का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनमा २५ वैशाखमा कोरोना देखिएको थियो ।
दाङ जिल्ला लालमटिया १ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको हो ।
बागलुङ जिल्ला बागलुङ जगरपालिका ४ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान ७ बजे धौलागिरी अस्पतालमा निधन भएको हो । गल्कोट नगरपालिका २ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान साढे १० बजे धौलागिरी अस्पतालमा निधन भएको छ ।
ढोरपाटन नगरपालिका ९ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान पौने १२ बजे धौलागिरी अस्पतालमा निधन भएको हो । पोखरा १७ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार दिउँसो पौने १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।
म्याग्दी बेनी नगरपालिका ५ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बेलुका ५ बजे बेनी अस्पतालमा ज्यान गएको छ । गल्कोट नगरपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार दिउँसो २ बजे धौलागिरी अस्पतालमा ज्यान गएको हो ।
यससँगै, गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१८ पुगेको छ ।
प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २५ हजार ९ सय ५३ पुगेको निर्देशनालयले जनाएको छ ।