मौसम पूर्वानुमान: मादीमा आकःिमक बाढीको सम्भावना

  • ख-
  • ख+

दमौली: श्याम्घा क्षेत्रमा अधिक वर्षा भएकाले दमौली तथा आसपासका मादी नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै मौसम विज्ञान विभागले सतर्क रहन सबैमा अनुरोध गरेको छ ।

विभागले श्याम्घामा रहेको मापन केन्द्रमा विहान १० बजे अधिक वर्षा मापन भएकाले बाढी आउने खतरा रहेको औंल्याएको हो ।

तर कति परिमाणको वर्षा रेकर्ड भएको उल्लेख नगरे पनि मादी र आसपासका खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा मंगलबार दिउँसोसम्म सतर्क रहन अनुरोध गरेको छ ।

मौसम सुरक्षा प्रणालीअन्र्तगत विभागले यस्तो सन्देश यस क्षेत्रका धेरै प्रयोगकर्ताको मोबाईलमा पनि पठाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्