व्यासद्वारा कृषि विकास बैंक भवनमा ५० क्षमताको आइसोलेसन् सञ्चालन

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाले ५० जना राख्न मिलने गरी कृषि विकास बैंक दमौलीको भवनलाई आइसोलेसन्का रुपमा तयार पारेको छ ।नगर प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार आईसोलेसनमा प्रारम्भिक परिक्षण र अक्सिजन समेतको सेवा पुर्याइने छ ।

आइसोलेसन् भवनको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल सहितको टोलीले निरीक्षण गरेको थियो ।अब तत्काल आइसोलेशन सञ्चालनमा आउने सिग्देलले जानकारी दिए ।

यसैगरी, जटिल बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्यका लागि निःशुल्क एम्बुलेन्स सेवा एवं मृत्यू भएको अबस्थामा अन्तिम संस्कारको व्यवस्थापन समेतमा नगरपालिकाले तयारी गरिसकेको नगर प्रमुख न्यौपानेको भनाई छ ।

यस महामारीको जटिल क्षणमा सम्पुर्ण नगरबासीहरु, कृयाशिल राजनितिक दल, उद्योगी व्यवसायी, सञ्चारकर्मी, टोल विकास संस्था, सामाजिक अभियन्ता, शिक्षक कर्मचारी, स्वास्थ्य स्वंयमसेवीहरुमा उच्च मनोबलका साथ सहयोग र सद्भावको अपेक्षा गरेको नगरको भनाई छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी