
पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यस अघि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बहुमत सहित मुख्यमन्त्रीको दावी पेश गरे पनि जनमोर्चाका दुई सांसद कृष्ण थापा र खीम विक्रम शाहीले आफ्नो समर्थन नरहेको पत्र दिए पछि प्रदेश प्रमुखलाई गुरुङलाई नै ठूलो दलको हैसियतमा मुख्यमंत्री बनाउने बाटो खुलेको हो ।