
पोखरा: गण्डकी प्रदेशको मुख्यमंत्री चयन पेचिलो बनेको छ ।काँग्रेसले बहुमतको सरकारका लागि दावी पेश गरिरहँदा प्रदेश प्रमुखले भने ठूलो दलको हैसियतमा एमालेलाई सरकार गठनको लागि आह्वान गरेको विषय सार्वजनिक भएको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले धेरै दलको समर्थन आफूलाई रहेको भन्दै मुख्यमन्त्रीका लागि दावी पेश गरेको बताए । उनले विश्वासको मत संसद्मा लिने भन्दै आफै मुख्यमन्त्री हुने बताए ।
निर्धारित ४ बजेको समयमा भित्र प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरेको नेपालीले भने पनि प्रदेश प्रमुखको कार्यालयले भने ठूलो दलको हैसियतमा एमालेलाई सरकारको गठन गर्न आह्वान गरेको बुझिएको छ ।
