भानुका संक्रमित मृत्यु प्रकरणः छानविनका लागि परिवारले दिए निवेदन (निवेदनसहित)

  • ख-
  • ख+

दमौलीः दमौली अस्पतालमा समयमै उपचार गराउन नपाउँदा आफन्तको ज्यान गएको भन्दै गत शनिबार ज्यान गुमाएका भानु १ साजबोटेका मृतकका आफन्तले घटना छानविनको माग गर्दै तनहुँ प्रशासनमा निवेदन दिएका छन् ।


मृतककी छोरी बिमला श्रेष्ठद्वारा प्रशासनमा दिइएको निवेदन सञ्चारमाध्यमलाई समेत उपलब्ध गराइएको छ । निवेदनमा ओम अस्पतालमा गत वैशाख २२ गते उपचार गराएर रिपोर्ट आउन बाँकी रहँदै घर फर्काएकामा अवस्था सुधार भए पनि शनिबार पुनः समस्या भए पनि दमौली अस्पतालले बिना परीक्षण औषधी दिएर पठाएको आरोप लगाइएको छ ।


निवेदनमा त्यसको भोलीपल्ट गत वैशाख २६ गते आईतबार समेत अवस्था जटिल भएर उपचारका लागि पठाउँदा उपचार नै नगरीकन चार घण्टासम्म एम्बुलेन्समा राखिएको अवस्थामा आफ्ना पिताको मृत्यु भएको भन्दै छानविन गर्न छोरी बिमलाले माग गरेकी छन् ।


प्रशासनले मृतकका आफन्तले कुनै उजुरी समेत नदिएकाले घटनाका बारेमा छानविन समिति बनाउन नसकिएको बताएको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सञ्चारमाध्यममा खबर आए पनि आफन्तले कुनै उजुरी नदिएको बताएका थिए । त्यसपछि आफन्तले घटनाको छानबिनका लागि भन्दै निवेदन दिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी