नागरिकले राज्यलाई कर किन तिर्ने ?

  • ख-
  • ख+

सन्देश आचार्य

कोभिड–१९ को दोश्रो लहरले मानव मस्तिष्क त्रासदीपूर्ण छ । कहिले कुन अवस्थामा कहाँ के हुन्छ यसै भन्न सकिने अवस्था छैन । मानिसहरूमा अब एउटा हुटहुटी मात्र बाँकी छ कि ज्यान कसरी जोगाउने ? जनताको जनधनको सुरक्षा गर्ने जिम्मेवार निकाय हो सरकार ! सरकार आफ्नै आन्तरिक कलहबाट गुज्रिरहेको अवस्था छ ।

दलहरू सत्ता समीकरणको जोड घटाउमा केन्द्रीत छन् । राज्य भित्र देखिन थालेका हृदयविदारक घटनाहरूले हाम्रा कुनै दलको नेतृत्वदायी भूमिका खेल्ने राजनीतिज्ञलाई छुँदैन । छोओस् पनि कसरी, उहाँहरूलाई जनताको मन जित्नु छैन,बस चुनाव जित्नु छ, उहाँहरूलाई जनता जोगाउनू छैन,बस सत्ता जोगाउनु छ । उहाँहरूको गृह जिल्लामा मानिसहरू उपचार नपाएर मरिरहेका छन् । लाग्छ उहाँहरू अखबारको पन्नामा विश्वका खुशी हुने राष्ट्रहरूको सूचीमा नेपालको स्थानले गद्गद हुनुहुन्छ ।

दलहरू सत्ता समीकरणको जोड घटाउमा केन्द्रीत छन् । राज्य भित्र देखिन थालेका हृदयविदारक घटनाहरूले हाम्रा कुनै दलको नेतृत्वदायी भूमिका खेल्ने राजनीतिज्ञलाई छुँदैन । छोओस् पनि कसरी, उहाँहरूलाई जनताको मन जित्नु छैन,बस चुनाव जित्नु छ


राज्यले जनतालाई करको दायरामा ल्याउनु सराहनीय कार्य हो ! तर जनताले राज्यबाट त्यही अनुरूपका अत्यावश्यकीय सेवा सुविधा पनि सहज रूपमा प्राप्त गर्नु पर्दछ । करबाट संकलित रकम विकास निर्माणको कार्यमा लगानी गर्न सकियो भने विकासले गति मात्र लिदैन जनताको पसिनाको पनि सदुपयोग हुने रहेछ । राज्य संचालक सँग करदाताहरूले आफुले बुझाएको करको हिसाब पनि माग्ने गरौं ।


करदाताले राज्यबाट थुप्रै अपेक्षा राख्छन्, त्यो स्वाभाविक पनि हो । तर हाम्रो राज्य संचालकहरू यति सम्म नीरिहपन देखाउँछन् कि ? मानिसहरू अस्पताल टेक्न नपाएर मरेको घटनाले पनि उनीहरूलाई गौरवान्वित महसुस हुन्छ । राज्य सत्ताको संचालनका निमित्त संचालकहरूसँग दूरगामी सोचको कमी छँदैछ, दूरगामी सोचको अभाव उता विकास निर्माणले जनघनत्व वृद्धि र उपभोक्ताबीच देखिने उपभोग्य वस्तुको असन्तुलन आपूर्तिमा पनि छ ।


सबै स्वस्थ मानिसहरू अस्पताल जाँदैनन् । अस्पताल तब जान्छन् जब उनीहरुको शरिरले पीडा थेग्न छोड्छ । यो नेपालीहरूको विशिष्ट गुण हो । अस्पताल पुगेको अस्वस्थ मानिसले उपचार पाउँदैन भने त्यो अस्पतालको के अर्थ? वर्तमान समयमा नै राज्यले थेग्न नसक्ने गरी संक्रमण फैलिएको र स्वास्थ्य संकटकाल लगाउने तयारी गरिहँदा राज्यले अझै सुविधा सम्पन्न अस्पताल विस्तार र जनताका लागि स्वास्थ्य राहत प्याकेज घोषणा गर्न सकिरहेको छैन,यो भन्दा निर्ल्ज्जपन के हुन सक्छ ।

जनतालाई लाभान्वित हुने गरी कुनै सेवा सुविधा दिन सकिंदैन भने आम नेपाली जनताले कर किन तिर्ने? आज यो पनि छर्लङ्ग छ ! आजसम्म हामीले तिरेको कर मन्त्रीमण्डलका सदस्यको महल ठड्याउन र कर्मचारी संयन्त्रलाई तलब खुवाउन मात्रै प्रयोग भएको रहेछ ।

राज्यको आम्दानी श्रोत भने कै रेमिट्यान्स र विविध शीर्षकमा जनता माथि लगाईएको कर हो ।
जनतालाई लाभान्वित हुने गरी कुनै सेवा सुविधा दिन सकिंदैन भने आम नेपाली जनताले कर किन तिर्ने? आज यो पनि छर्लङ्ग छ ! आजसम्म हामीले तिरेको कर मन्त्रीमण्डलका सदस्यको महल ठड्याउन र कर्मचारी संयन्त्रलाई तलब खुवाउन मात्रै प्रयोग भएको रहेछ ।

यसरी नै विकास पुर्वाधार निर्माणमा, हामीलाई हाम्रो सोच जस्तै पछौटेपनले साथ दिइरहेको रहेछ । हाम्रो लगानी बालुवामा पानी भईरहेको रहेछ । यदि राज्यले जनतालाई न्यूनतम सेवा सुविधा प्रवाह गर्न सक्दैन भनें तपाईं हामी राज्यलाई कर किन तिर्ने?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी