निषेधाज्ञामा दुःखद् घटना: मस्र्याङदीमा ट्रक खस्दा चालक र सहचालक दुवैको मृत्यु

  • ख-
  • ख+

आँबुखैरेनीः निषेधाज्ञाका क्रममा भुस ढुवानी गरेर जाँदै गरेको एक ट्रक मस्र्याङदी नदीमा खस्दा चालक र सहचालक दुवैको ज्यान गएको छ ।


मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना ३ ख ९९७३ नं.को ट्रक आँबुखैरेनी –४ पावरहाउसमा सडकबाट झण्डै एक सय मिटर तल मर्स्याङदी नदीमा खसेको थियो ।


घटनामा परी ज्यान गुमाउनेमा ट्रक चालक जिल्ला बाग्लुङ गल्कोट नगरपालिका–८ बस्ने वर्ष ३७ को जय कडेंल र सह–चालक सोही ठाउँका वर्ष ३५ को मीनबहादुर कँडेल छन् । मृतक एकै घरका दाजुभाई रहेको खुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

दुवैको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक विनोद शिलवालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी