करेन्ट लागेर मार्किचोकमा पुरुषको मृत्यु

  • ख-
  • ख+

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोकमा करेन्ट लागेर सोमबार बिहान एक पूरुषको ज्यान गएको छ ।

बिहान ६ बजे गिदरीको रुखमा घाँस काट्ने क्रममा रुख नजिकै रहेको बिजुलीको तारमा छोएर करेन्ट लाग्दा आँबुखैरेनी–६, घलडाडाँ घर भई मार्कीचोकमा बस्दै आएका ४५ वर्षीय भिम बहादुर गुरुङ्गको ज्यान गएको हो ।

अहिले गुरुङ्गको शव आँबुखैरेनी हाडजोर्नी अस्पतालमा रहेको र पोष्टमार्टमको लागि दमौली लैजाने तयारी भैरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी