प्रजिअलाई प्रश्न,’दमौली अस्पतालमा छानविन र कारवाही गर्न तपाईंलाई केले रोक्यो ?’

  • ख-
  • ख+

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रशासन कार्यालय तनहूँ ।
विषय ः– ध्यानाकर्षण अनुरोध सम्बन्धमा ।

महोदय, प्रस्तुत विषयका सम्बन्धमा साता दिन भन्दा पनि अगाडी यहाँलाई मैले टेलिफोनबाट दमौली अस्पतालको नेतृत्व गैह्र जिम्वेवार भएका कारण गत वर्ष समेत आइसोलेसनमा विरामीले भर्ना नपाएको तथा पाएकाले पनि उपचार नपाएको विगतको अनुभव जानकारी गराउँदै संकटको घडीमा थप समस्या भोग्नुपर्ने व्योहोरा निवदेन गरेको थिएँ ।

अस्पताल प्रशासन सुध्रने आशा रत्तिभर नभएकै कारण सो अनुरोध गरेको पनि स्पष्ट पारेको थिएँ । बेलैमा यस्को सम्बोधन भएको भए सायद भानुका कोरोना संक्रमितले समयमै उपचार पाउँथे की वा जीवन जाने थिएन की भन्ने अब अनुमान गर्नु बाहेक हामीसँग विकल्प बाँकी छैन।देशले महामारी भोग्नुपरेको गम्भिर घडिमा अस्पताल आवास गृहमा बियरका बोतलले सरकारी सम्पत्ति तोडफोड भइरहँदा र छर छिमेक र तालुकी अड्डाका कर्मचारीलाई तथानाम गाली गरेको घटनाको अध्ययनको निष्कर्ष के रह्यो मैले टेलिफोन सम्बादमा नै विज्ञप्ती मार्फत् जानकारी गराउन अनुरोध गरेको थिएँ ।

आज पुन: घटना घट्नुको कारण बारे जनताका तर्फबाट सार्वजनिकिकरणको अनुरोध गर्दछु । कि यो काममा तपाईंलाई कसैको रोकावट छ ? होइन भने यत्ति गम्भीर घटनामा यत्तिका दिन मौन रहनुले के अर्थ दिन्छ ?सो घटनाका अन्तर्यबारे बजारमा नै छलफल चलिसकेको अवस्था छ र घटना मदिराको तालमा मात्र नभई नियोजित थियो भन्ने आमचर्चा रहेको छ । त्यसैले पनि घटनाको सत्य तथ्य सार्वजनिक जरुरी छ की छैन ?

कोभिडको उपचारका लागि सबै व्यवस्थापन सकिएको र तयारी अवस्थामा रहेको समाचारहरु जोडतोडका साथ सार्वजनिक भए, तयारी अवस्थामा रहेको अस्तालमा विना पुर्व जानकारी आउने बिरामीले एम्बुलेन्सबाट बेड नै नदेखि मृत्युवरण गर्न विवश किन हुनुपर्यो ?

सो घटनालाई ओझेलमा पार्न दमौली अस्पतालमा कोभिडको उपचारका लागि सबै व्यवस्थापन सकिएको र तयारी अवस्थामा रहेको समाचारहरु जोडतोडका साथ सार्वजनिक भए, तयारी अवस्थामा रहेको अस्तालमा विना पुर्व जानकारी आउने बिरामीले एम्बुलेन्सबाट बेड नै नदेखि मृत्युवरण गर्न विवश किन हुनुपर्यो ?

समाचारमा ३० सिलिण्डर अक्सिजन मौज्दात रहेको जनाइएको छ के त्यो दावि सत्य हो त ? यदि मेरो सुचना गलत छैन भने ३ थान सिलिण्डर मात्र अस्पतालमा मौज्दात रहेको छ । त्यो पनि अक्सिजन निर्यातकर्ताले ३ थान अक्सिजनको सिलिण्डर बाहेकको रकम २४०० विगत ६ महिना देखि भुक्तानी नपाएकाले यो नेतृत्व रहुञ्जेल निर्यात नगर्ने बताएको सुचना छ ।

आज पुन: घटना घट्नुको कारण बारे जनताका तर्फबाट सार्वजनिकिकरणको अनुरोध गर्दछु । कि यो काममा तपाईंलाई कसैको रोकावट छ ? होइन भने यत्ति गम्भीर घटनामा यत्तिका दिन मौन रहनुले के अर्थ दिन्छ ?

अक्सिजन मात्रै होइन अब दमौली अस्पतालका औषधि निर्यातकर्ताहरुको पनि कुरा उस्तै बुझिएको छ । तसर्थ व्यक्तिगत आग्रह पुर्वाग्रह नभई यस क्षेत्रका बिरामीको जीवनरक्षाका लागि अस्पतालको वस्तुस्थिति राम्रो संग अध्ययन गरी आवश्यक जायज निर्णय लिइदिनुहुन सविनय अनुरोध गर्दछु ।

(लेखक व्यास ३ बाट व्यास नगरसभा सदस्य हुन् )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी