कोरोना संक्रमण: भादगाउँका थप अर्का पुरुषको मृत्यु

  • ख-
  • ख+

‌दमौली: कोभिड संक्रमण पुष्टि भएका व्यास १ भादगाउँका एक पुरुषको ज्यान गएको छ ।

गत वैशाख १९ गते न्युमोनिया देखिए पछि पोखराको चरक अस्पताल भर्ना भएका ५४ वर्षका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको र अवस्था खराब भए पछि घर आईतबार राती ज्यान गएको व्यास १ का वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए ।

उनका अनुसार सुरक्षा निकायको सरसल्लाहमा मृतकको अन्त्येष्टि गरिँदैछ ।व्यास १ मै सङ्क्रमणबाट यस अघि एक महिलाको निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्