मुख्यमन्त्री गुरुङको राजीनामाः के बन्ला नयाँ सरकार ?

  • ख-
  • ख+

पोखराः प्रदेश प्रमुख सीता पौडेलले राजीनामा स्वीकृत गरे पछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको साटो नयाँ सरकार गठन गर्ने बाटो खुला भएको छ ।


आफूविरुद्धको अविस्वासको प्रस्तावमा मतदान हुनु एक दिन अघि आईतबार दिउँसो पदबाट राजीनामा गरी प्रदेश प्रमुखसमक्ष पेश गरेका गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख छ ।


गण्डकी प्रदेशसभामा सोमबार सरकारविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्ने भए पछि मुख्यमन्त्री गुरुङले राजीनामा गरेका हुन् ।


यस अघि जनमोर्चाको समर्थनमा सरकार बनाउने तयारी गरेको कांग्रेस नेतृत्वको विपक्षी मोर्चा सो पार्टीका सांसद अकस्मात बिरामी परे पछि तयार अविस्वासको प्रस्तावमाथिको मतदान अघि बढ्न सकेको थिएन ।

अब मुख्यमन्त्रीले राजीनामा दिए पछि तीन दिनभित्र नयाँ सरकार गठनका लागि बाटो खुलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्