उपचारका लागि लैजाँदै गर्दा भानुका संक्रमित वृद्धको मृत्यु

  • ख-
  • ख+

दमौलीः कोभिड संक्रमण देखिए पछि उपचारका लागि अस्पताल लैजाने क्रममा भानु १ का एक संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा करिब ६५ वर्षिय वृद्ध रहेको भानु नगरपालिकाले जनाएको छ ।


केही दिन अघि पोखराको ओम अस्पतालमा गरिएको परीक्षणमा संक्रमण भेटिएका ती वृद्ध घरमै थिए ।

यस अघि पनि दमौली अस्पतालमा उपचारका लागि आएका उनलाई शास फेर्न कठिन भए पछि आईतबार पुनः दमौली अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी पाएको भानु नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

तर दमौली अस्पतालका प्रमुख डाक्टर सुनिल पौडेलले भने अस्पतालमा आए पछि अवस्था गम्भीर देखेकाले पोखरा रिफर गरिएको र त्यही क्रममा बाटामै बिरामीको निधन भएको उनले बताए । ‘पहिले पनि उहाँ आएर जानुभएको हो,’ उनले भने,‘आज आउँदा उहाँको अवस्था गम्भीर भएकाले रिफर गरेका थियौं ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी