दमौलीः आईतबार तनहुँमा ५३ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ८ पुरुष, १० महिला र शुक्लागण्डकी नगरपालिकाका १५ महिला २० पुरुष रहेको छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।