एम्बुलेन्स नपुगे नगरपालिकाले आफ्नै साधनलाई एम्बुलेन्स बनाउने

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाले एम्बुलेन्स नपुगेमा आफ्नै साधन प्रयोग गर्न दिने बताएको छ । आईतबार बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाले खरिद गर्न रकम बुझाए पनि आपूर्ति नभएको भन्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले दिएको एम्बुलेन्स मर्मत गरेर सञ्चालन गरिरहेको भन्दै कोभिड संकटमा आवश्यक परे अरु साधन पनि उपयोग गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले निजी क्षेत्रबाट सहयोग लिएर भए पनि एम्बुलेन्स सेवा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

यस अघि दमौली क्षेत्रमा प्रयोगका लागि साधन दिने व्यक्तिहरूको डाटाबेस तयार पारेर सामाजिक सञ्जालमा युवाहरुले शेयर गरेका थिए ।

बैठकले सातामा दुई दिन निशुल्क पीसीआर संकलन भइरहेकोमा आवश्यक परे अरु व्यवस्था गर्ने निर्णय गरेको छ ।नगरपालिकाले हरेक वडामा कोभिड समन्वय गर्न हरेक वडामा संयोजक तोकिएको प्रमुख प्रशासकिय अधिकृत सिग्देलले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्