अस्पताल जानेका लागि निःशुल्क गाडी दिने राकूको घोषणा

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ राकुले बिरामीको ओसारपसारका लागि आफ्नो निजी सवारी दिने घोषणा गरेका छन् ।

व्यासभूमि यातायात प्रालिका अध्यक्ष समेत रहेका श्रेष्ठले पछिल्लो समय एम्बुलेन्स अभाव देखिएको र चर्को शुल्क लिइएको गुनासो आए पछि दमौलीबाट पाँच किलोमिटर क्षेत्रमा आफ्नो म्याजिक निशुल्क उपलब्ध गराउने घोषणा गरे ।

‘ अस्पताल जान नपाएको र एम्बुलेन्सले बढी शुल्क लिइएको सुनियो,’ श्रेष्ठले दमौली न्युजसँग भने,’ महामारीमा राहत होस् भनेर सहयोग गर्ने सोचेको हुँ ।’सेवा आवश्यक परेका जोकोहीले संम्पर्क श्रेष्ठको 9856022156/ र चालकको 9816600781 मा सम्पर्क गर्न सक्नेछन् ।

यस अघि उनले लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्ष रहँदा कोरोनामा मारमा परेकाको लागि निःशुल्क भोजनको व्यवस्था गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी