रहेनन् उपसचिव खनाल

  • ख-
  • ख+

दमौली: संघीय संसद सचिवालयमा कार्यरत उपसचिव तनहुँ म्याग्दे १ माथिल्लो गुणादी निवासी कृष्ण राज खनालको निधन भएको छ ।  उनको निधनमा सभामुख अग्नि सापकोटाले श्रद्धाञ्जली प्रकट गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले परिवारमा समवेदना पनि प्रकट गरेका छन् ।


काेराेना भाइरस ( काेभिड १९ ) देखिए पछि उपचारका लागि अस्पताल लैजाने क्रममा अक्सिजन अभाव भएको बुझिएको छ । उनी सवार एम्बुलेन्समा समेत अक्सिजन आपूर्ति नभएको परिवारको भनाई छ ।
बिहिवार राति अचानक अक्सिजनकाे मात्रा कमि भएर श्वास फेर्न गार्‍हो भए पछि उनलाई एम्बुलेन्स बाेलाएर अस्पताल  लगिएको थियो ।


उनको सुक्रवारनैँ नेपाली सेनाले पशुपति अार्यघाटमा अन्त्येष्टि गरेको छ । स्वर्गीय खनालको काजकिरिया गुणादीमा गरिने पारिवारिक श्राेतले जनाएको छ ।


लामो समय न्याय सेवामा काम गरेर संसद सचिवालयमा सेवा थालेका थिए । खनाल पछिल्लो समय राजधानीको चन्द्रागिरी बस्दै आएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी