तनहुँमा एकै दिन ६१ मा संक्रमण

  • ख-
  • ख+

दमौली: तनहुँमा एकैसाथ हाल सम्मकै अधिक कोभिड संक्रमणका नयाँ घटना सार्वजनिक भएका छन् । ६१ जनामा एकै दिन संक्रमण भेटिएको सार्वजनिक भएको हो ।संक्रमितमा भीमादका १८ जना छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यासका १३ जनामा संक्रमण भेटिएको हो ।व्यास १ की ६० वर्षीया महिलाको संक्रमणका कारण शुक्रबार मणिपाल शिक्षण अस्पतालमा ज्यान गइसकेको छ ।

एन्टी जेन परीक्षणमा पाँच संक्रमित

दमौली अस्पतालमा गरिएको एन्टी जेन परीक्षणका क्रममा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।भानु र शुक्लाका एक एक जना संक्रमित पनि थपिएका छन् ।

यसैगरी राजधानीको विध ल्याबको रिपोर्टमा तनहुँका १४ पुरुष र १४ महिला गरी २८ जनामा संक्रमण देखिएको भनिए पनि तहगत विवरण भने प्राप्त नभएको निर्देशनालयले जनाएको छ ।

तनहुँमा पछिल्ला दिनमा ठूलो स्तरमा संक्रमित थपिने क्रम जारी छ । निर्देशनालयका अनुसार तनहुँमा हाल दुई सय दुई जनामा सक्रिय संक्रमण देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्