
दमौलीः शुक्रबार तनहुँमा ५ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका १ का दुई पुरुष, व्यास ३ र ५ का १/१ पुरुष तथा व्यास ४ की १ महिला रहेको छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।