कोभिडसँग जुध्न म्याग्देले गर्यो यस्तो निर्णय

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे गाउँपालिकाले काेभिड संक्रमित र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । गाउँपालिका बाट सञ्चालित दुईवटा एम्बुलेन्स लाई अन्य प्रकृतिको बिरामीको अतिरिक्त सुत्केरी र काेभिडकाे बिरामीलाई उच्च प्राथमिकता दिई प्रयाेग गर्ने साथै काेभिड र सुत्केरीको हकमा मात्रै अभिलेख राखि बिना लागत निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । 

बैठकले बाहिरबाट अाएका तथा अाउने र काेभिड १९ सम्बन्धि मिल्दोजुल्दो लक्षण देखिएका ब्यक्ति लाई अनिवार्य हाेम अाइसाेलेसनमा राख्ने र हाेम अाइसाेलेसनकाे संयाेजककाे जिम्मेवारी स्वास्थ्य शाखालाइ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।


हरेक वडामा पीसीआर परीक्षण
यस्तै प्रत्येक वडामा पिसिअार परिक्षण गर्ने ब्यबस्था मिलाउने पनि गापाले निर्णय गरेको छ । गाउँपालिका भित्रका काेहि मानिसलाई संवेदनशील काम परेको प्रमाणित अाधार भएमा मात्रै सवारीसाधन काे पास सम्बन्धित वडा कार्यलय बाट सिफारिस गरि जिल्ला प्रशासन कार्यलयमा पठाउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।


बैठकले गाउँपालिका भित्रका याेजनामा परेर काम हुँदै गरेका बिकास निर्माणका कामलाई भने बढिमा १५ जना सम्मको उपस्थितिमा गराउन दिने निर्णय गरेको छ । गाउँपालिका भित्रका अत्यावश्यक सेवा , जस्तै सुरक्षा सेवा , एम्बुलेन्स सेवा , खानेपानी सेवा , स्वास्थ्य सेवा लाई निरन्तरता दिई अन्य बन्द गर्ने गराउने निर्णय गाउँपालिकाले गरेको छ ।


संक्रमितको मृत्यु भए व्यवस्थापन
काेभिड १९ काे जाेखिम उच्च भइ भवितव्य परि मृत्यु हुने मृतकको डेडवडि दाहसंस्कार नेपाली सेना मार्फत गरिने हुँदा साेकाे लागि डेडवडि ब्याग पिपिइ लगायत सुरक्षा सामाग्री ब्यबस्थापन काे पुर्व तयारी गर्ने साथै काेभिड राेगकाे कारणले गाउँपालिका भित्र मृत्युु हुने गाउँपालिकावासि मृतकको दाहसंस्कार गर्ने स्थान सम्बन्धित वडाअध्यक्षले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सँग समन्वय गरि तय गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी