ऋषिङमा फेरि दुःखद् घटना, मधुवनमा ट्याक्टर पल्टँदा वीरबहादुरको मृत्यु

  • ख-
  • ख+

दमौली: ऋषिङ गाउँपालिका-४ मधुबनस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा पर्दा एक युवकको ज्यान गएको छ ।

झापुटार भिरकोट भित्री सडक खण्डमा ना ६ त ४२०७ नं.को ट्याक्टर अनियन्त्रित भई बारीमा पल्टँदा घाइते ट्याक्टरमा सवार ऋषिङ गाउँपालिका-४ बस्ने वर्ष २५ को वीरबहादुर बोटेको ज्यान गएको प्रहरीले जनाएको छ।

विहान भएको दुर्घटनामा घाइते बोटेको उपचारको लागि भिमाद लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

घटनामा घाइते १२ वर्षका तिलक श्रेष्ठ र १८ वर्षका सुन्दर श्रेष्ठको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी