ऋषिङ अपडेटः दुर्घटनामा मृत्यु हुने २ पुगे (घटनास्थलको तस्बिरसहित )

  • ख-
  • ख+

दमौलीः तनहुँको ऋषिङ गाउँपालिका १ मा जीप खोलामा खस्दा भएको दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । जीपले च्यापेका चालकको समेत निधन भए पछि घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा चालक म्याग्दे ७ निवासी ३२ वर्षका होमबहादुर श्रेष्ठ र यात्रु व्यास ५ निवासी ५५ वर्षका राजकुमार श्रेष्ठ छन् ।

व्यास ५ चापाघाटबाट आफन्तको निधनमा देवघाटको खाल्टे भेटी पु¥याउन गएका चापाघाटका स्थानीय सवार ग १ ज ७१२८ नम्बरको जीपमा चालकसहित आठजना थिए । स्थानीय देउली खोलामा खसेको जीपमा परी घाइते राजकुमारको उपचारका क्रममा दमौलीस्थित नेशनल एपोलो अस्पताल र चालक होमबहादुरको उद्धारपछि ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

जीपले लामो समय च्यापेकाले निकाल्न समय लाग्दा चालकको ज्यान गएको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले बताए ।


घटनामा घाइते सबै व्यास ५ चापाघाटका आफन्त हुन् । घाइते ६ जना मध्ये चार जनाको पोखरा र एक जनाको दमौलीमा उपचार भैरहेको छ । अर्का एक भने उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्