व्यासले गर्भवती र जटिल बिरामीलाई निःशुल्क एम्बुलेन्स दिने, पत्रकारको कोभिड बिमा

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले गर्भवती तथा जटिल बिरामीलाई वडामार्फत निःशुल्क एम्बुलेन्स प्रदान गर्ने निर्णय गरेको छ ।


नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले यस्तो निर्णंय गरेको हो । बैठकले पत्रकारको कोभिड बिमा गर्ने निर्णय पनि गरेको छ । यस अघि पनि पत्रकारको बिमा गरेको नगरपालिकाले यसपाली पनि पत्रकारको कोभिड बिमा गरेकामा कार्यपालिकाको बैठकमार्फत त्यसलाई निरन्तरता दिने निर्णय गरेको हो ।


व्यास नगरपालिकाले हरेक वर्ष रु.१० हजार राशीको नगरपालिका विकास समाचार प्रकाशित गर्ने उत्कृष्ट एक जनालाई व्यास नगर विकास पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय समेत गरेकोे विज्ञप्तिमा जनाइएको छ ।


निर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानले पत्रकारहरुको बिमा र विकास पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेका गरेको पत्रकार महासंघ तनहुँले जनाएको छ ।


बैठकले यस अघि साताको एक दिन मात्र कोभिड निःशुल्क पीसीआर नमूना संकलन गरिएकामा अब साताको दुई पटक सोमबार र बिहिबार संकलन गर्ने समेत निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्