कोरोना संक्रमणमा मृत्युको रेकर्डः २४ घण्टामा ५८ को मृत्यु, साढे ८ हजार संक्रमित

  • ख-
  • ख+

काठमाडौं ः कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दिनदिनै उकालो लाग्न थालेको छ । यसबीचमा दैनिक मृत्युको नयाँ रेकर्ड पनि बन्न थालेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५८ जनाको मृत्यु भएको पुष्टि भएको छ । सोही अवधिमा संक्रमितको संख्या आठ हजार छ सय ५९ पुगेको छ ।

२० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी