भेटी लिएर गएको जीप खोलामा खस्दा १ को मृत्यु

  • ख-
  • ख+

चालकसहित ७ जना घाइते

दमौलीः आफन्तको निधनमा भेटी लिएर गएका यात्रु सवार एक जीप ऋषिङ १ खाल्टेमा खोलामा खस्दा एक जनाको ज्यान गएको छ । घटनामा परी चालकसहित सातजना घाइते भएका छन् । चालकको अवस्था चिन्ताजनक छ ।

व्यास ५ का व्यक्तिहरु चढेर चापाघाटबाट ऋषिङको खाल्टे जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप विहान दिखोलामा खसेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।


घटनामा घाइतेमध्ये व्यास ५ निवासी ५५ वर्षका राजकुमार श्रेष्ठको उपचारका क्रममा दमौलीस्थित नेशनल एपोलो अस्पतालमा ज्यान गएको हो । घटनामा चालक गम्भीर घाइते छन् । उनको शरिर खोला छेउमा जीपले च्यापेकामा केहीबेर अघि मात्र उद्धार गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए ।


घटनाका घाइतेमध्ये केहीको रत्नहरि र दमौली अस्पतालमा उपचार भैरहेको छ । केहीलाई नेशनल अपोलो अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्