दमौलीःमादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा व्यास २ निवासी २२ वर्षका सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरीका अनुसार व्यास ७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका उनी डुबेका थिए । उद्धारका क्रममा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 3343 Viewed

प्रतिक्रिया दिनुहोस्