कोरोना संक्रमणः २४ घण्टामा ५५ को मृत्यु

  • ख-
  • ख+

काठमाडौंः कोरोना कारण ज्यान गुमाउनेको संख्या बढिरहने विज्ञहरुले बताइरुहँदा पछिल्ला २४ घण्टाको आँकडाले त्यसलाई पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार एक दिनमा ५५ जनाको मृत्यु भएको छ ।

यस अवधिमा नेपालमा ७६६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्