‘कफिमा प्रशस्त कमाउने अवसर छ’

  • ख-
  • ख+

विशाल श्रेष्ठ ‘ओसिएन’
नेपाल जीवन निश्चित गन्तव्य हैन । पोखरी अनि तलाउ हैन, अविरल बगिरहने नदीजस्तै ठान्छु जिन्दगीलाई । एकै ठाउँमा अडिग भएर लामो समय बस्न न मलाई आजकल मेरो मनले मान्छ न तनले । मेरो जन्मथलो मध्य नेपाल –५, लमजुङ । कर्मथलो भने राजधानी ।
करिब दुई वर्ष अघि शिक्षण पेसा अंगालेर जीवन अगाडि बढाइरहेको म अनि उता बाबा ममीको सपना सैनिक अधिकृत क्याडेटको अन्तिम परिक्षाबाट बाहिरीए पछि शिक्षण पेशा त्यागेर जापान जाने सोचले राजधानी छिरें । तर पढाइ हस्पिटालिटी क्षेत्रको भए पछि जापानी भाषासँगै मेरो काम वेटरबाट शुरु भयो ।

केही महिना वेटर गरे पछि मनमा लाग्यो, कफिको क्षेत्रमा केही गरौं जापान नजाऔं । फेरि बुवा ममीको प्रस्ताव र एउटा मेरो मनले सहायक प्रहरी निरीक्षकमा फार्म पनि भरेको थिएँ । पहिलो दिन म सहायक प्रहरी निरीक्षकको परिक्षामा नगै हिमालयन जाभा कफि स्कुलको ट्रेनिङमा पुगें । मेरो मनमा कफि क्षेत्रमा नै केही गरौं भन्ने लाग्यो । उता घरमा भने सहायक प्रहरीको निरीक्षक परिक्षामा पहिलो चरण मा नै असफल भएँ भनेर झुट बोल्न पुगें ।

२०७६ भाद्र महिनाबाट शुरु भयो मेरो कफि को संसार । धेरै अनुभव नभए पनि मेरो इच्छाशक्ति, मिहेनत र धैर्य गर्न सक्ने हिम्मतले नै स्पेसियालटी कफि अफ नेपालले मेरो बारे केही लेखिदिंदा अझै झनै जोश र जाँगर लिएर अगाडि बढ्दै मैले कफि सम्बन्धि लेख तयार गरें । यो मेरो दोस्रो लेख हो ।

स्पेसियलिटी कफि अफ नेपालको माध्यमले नै नेपाल तथा विदेशमा रहनु हुने नेपाली कफी प्रेमी एवं कफि क्षेत्रका उद्योगपति, ६ पटकसम्म युके लात्ते आर्ट च्याम्पियन, वल्र्ड लात्ते आर्ट फाइनलिष्ट धन तामाङ, युएई लात्ते आर्ट च्याम्पियन वाइल्ड निपेन, ५ अरेबिकाका धन घले, प्रजिन श्रेष्ठ, हिमाल तामाङ, केबिन पुन, कफि कल्क चितवन, मान्स महर्जन, जस गुरुङ र सेफ सुमी गुरुङ, सेफ दिपेश रिजालहरुकै साथ अनि माया ममताले कफि क्षेत्रमा केही गर्न सक्छु भन्ने लागेको छ ।कफि कुरा गर्ने हो भने विश्वमा कफीलाई चिया पछाडिको दोस्रो प्रख्यात पेय पदार्थको रूपमा लिइन्छ ।


पहिलो दिन म सहायक प्रहरी निरीक्षकको परिक्षामा नगै हिमालयन जाभा कफि स्कुलको ट्रेनिङमा पुगें । मेरो मनमा कफि क्षेत्रमा नै केही गरौं भन्ने लाग्यो ।

कफीमा स्फुर्ति ल्याउने क्याफिन हुन्छ । जसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छिपन र निन्द्रा हटाउँछ । यसमा कार्बोहाइड्रेट, नाइट्रोजिनस कम्पाउण्ड, कलोरोजेनिक एसिड, भोलाटाइल कम्पाउण्ड र कार्बोक्सिलिक एसिड पाइन्छ । कफीको उचित र नियमित प्रयोगले मुटु, नसासम्बन्धी समस्या, डायविटिज जस्ता रोगबाट बच्न मद्दत गर्छ । साथै, बढी मादक पदार्थ सेवनबाट बिग्रेको कलेजोलाई स्वास्थ राख्न मद्दत गर्छ ।

विगतमा कफि विभिन्न रूप, मिश्रण र तरिकाले खाने चलन भए पनि आजभोलि स्वाद बढाउन खाद्य पदार्थ, चकलेट, हार्ड ड्रिंक्स, आइसक्रिम आदिमा कफि मिलाउने चलन आएको छ ।
कफि आम नेपालीको लाइफस्टाइल बनिसकेको छैन । आम सर्वसाधारणमा अझै पनि कुन प्रकारको कफि खाने र कसरी खाने भन्ने ज्ञान पुगिसकेको छैन भन्ने लाग्छ, मलाई । यद्यपि नेपालमा कफि कल्चर नयाँ भने होइन ।

झण्डै ५० वर्ष भइसकेको छ, नेपालमा कफि खाने संस्कृति विकास हुन थालेको । लोकल क्याफेमा दूध कफि खानेको संख्या उल्लेख्य भएपनि बिनकै कफि खानेको संख्या निकै कम छ, नेपालमा । बिनकै कफि पिउँदा हुने फाइदा र बेफाइदा बुझ्न छ, हामी नेपालीले । तर हामी जति कफी खाए पनि मान्छेलाई बिहान उठ्नेबित्तिकै चिया नै चाहिन्छ । कफि कल्चर बढेको छ तर चियाप्रति जन्मेको केही वर्षदेखि लत बढेकाले कसरी छाडुन् । जस्ट ब्रु इट “चियाजस्तै त हो कफी पनि ।

एकदमै एडिक्ट हुने पेय हो, कफी लत बसेपछि छुट्नै गाह्रो । अहिले ४० वर्षभन्दा पाका उमेरले पनि कफी रुचाउने थालेका छन् । सुगर हुनेले पनि सुगरलेस कफी मन पराउँछन् । त्यसो त मान्छेहरु कफी खानका लागि मात्र कफि सप आउँदैनन् । कफी सप साथीहरु भेला हुने प्वाइन्ट भइसक्यो । बिजनेसका कुरा पनि कफीको चुस्की लिँदै गर्न थालिसके मान्छे । यसले मान्छेमा कफिको कल्चर बढाएको छ । बानी भएपछि साथीहरु भेट्ने भेन्यु पनि कफी सपलाई नै बनाउने गर्छन् । पहिले ‘चियापसलमा भेटौं’ भन्नेहरु अहिले ‘कफीसपमा भेटौं’ भन्न थालेका छन् ।

नेपाली कफी ‘स्पेसियल्टी’
नेपालमा उच्च गुणस्तरको कफि उत्पादन गर्ने शीतल र मन्द हावा चल्ने जलवायु छ । पानी नजम्ने भिरालो परेको हराभरा पहाडी भूभाग प्रशस्त छ । सिँचाइ र प्रशोधनको निम्ति आवश्यक पर्ने पानीको स्रोत पनि छ । तसर्थ नेपालमा कफि खेतीको प्रचुर सम्भावना छ । नेपालमा पाइने कफि एक देखि एक हजार छ सय मिटरसम्मको उचाइमा उत्पादित अरेबिका वर्णको टिपिका र बर्बन जातका हुन् । प्रायः सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ ।

एकदमै एडिक्ट हुने पेय हो, कफी लत बसेपछि छुट्नै गाह्रो । अहिले ४० वर्षभन्दा पाका उमेरले पनि कफी रुचाउने थालेका छन् । सुगर हुनेले पनि सुगरलेस कफी मन पराउँछन् ।


अन्य उत्पादक मुलुकको भन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफिमा विशिष्ट प्रकारको गुण र वास्ना रहेको कफी पारखीहरू बताउँछन् । साथै, नेपालमा प्रायः सबै कफी प्राङ्गारिक प्रविधिबाट उत्पादन भएकाले नेपाली कफिलाई अन्तर्राष्ट्रिय बजारमा ‘स्पेसियल्टी’ कफिको रूपमा हेर्ने गरिन्छ । नेपालमा कफि क्षेत्रका समस्या मूलतः उत्पादनसँग सम्बन्धित छन् । मध्यम उचाइका पहाडमा कफिमा लाग्न र रहिरहन उत्प्रेरणाका ठोस कार्यक्रम भएका छैनन् । कफि प्रशोधनमा एकरूपता छैन ।

नेपालमा प्रायः सबै कफी प्राङ्गारिक प्रविधिबाट उत्पादन भएकाले नेपाली कफिलाई अन्तर्राष्ट्रिय बजारमा ‘स्पेसियल्टी’ कफिको रूपमा हेर्ने गरिन्छ ।

व्यापारीहरूमा आचारसंहिताको अभाव छ । सम्बद्ध सरकारी तथा गैरसरकारी र निजी क्षेत्रहरू बलिया र सक्रिय हुन सकेका छैनन् । कफी खेती र यससँग सम्बन्धित व्यवसाय नेपालको सन्दर्भमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएको हुँदा उल्लेखित समस्याका समाधान खोज्न जरुरी छ ।

सोको लागि नीतिगत सम्बोधन र समाधानका लागि राज्यको ध्यानाकर्षण हुनु जरुरी छ । नेपालको परिवेश र सन्दर्भमा आधारित अनुसन्धान गर्दै किसान लगायत अन्य व्यवसायीहरूलाई आकर्षण र उत्प्रेरणाका लागि अभियानकै रूपमा रोपण कार्यक्रम सञ्चालन गरिनुपर्छ । छहारी व्यवस्थापन सम्बन्धी उपयुक्त सम्बोधन साथै सम्बद्ध सबै पक्षको लागि आचारसंहिता निर्माण र कार्यन्वयन गर्नु जरुरी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी