भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्। 

भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन्। उनीहरूले भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शनमा सहभागीहरूले भूमिहीनलाई जमिन दे, भूमि आयोग पुनर्स्थापना गर् लगायतका प्लेकार्ड देखाएका थिए। त्यसैगरी उनीहरूले काठमाडौं महानगरका प्रमुख बालेन शाहले किसानलाई होच्चाउने काम गरेको भन्दै किसानसँग माफी माग्नुपर्ने जनाएका छन्।

भूमि समस्या समाधानका लागि प्रदान गरिएको कार्यदेशका आधारमा आयोगले प्रभावकारी ढंगले कार्य गरिरहेको अवस्थामा विघटन गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै महासंघ र संगठन आन्दोलित भएका हुन्। उनीहरूले असोज २९ गते मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाएका छन्। साभारः अन्नपूर्ण

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्