डायलसिसका लागि गएका व्यास ४ का युवामा संक्रमण

  • ख-
  • ख+

दमौलीः पोखरामा डायलसिसका लागि गएका व्यास ४ का एक पुरुषमा कोरोना संक्रमण भेटिएको छ । २६ वर्षका ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डायलसिसका लागि गएका थिए ।


उनलाई पोखराकै आइसोलेसनमा लगिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीसँगै भरतपुर अस्पतालमा कार्यरत पोखराका ३० वर्षका चिकित्सकमा पनि संक्रमण भेटिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्