जोखिम बढेको भन्दै बन्दीपुरमा पर्यटकलाई प्रतिबन्ध

  • ख-
  • ख+

बन्दीपुरः जोखिम बढेको भन्दै बन्दीपुर गाउँपालिकामा पर्यटकलाई प्रतिबन्ध लगाइएको छ । गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।


गाउँपालिका उपाध्यक्ष करुणा गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका बाहिरका पर्यटकलाई आगमन निषेध गर्ने निर्णय गर्दै यसमा उद्योगी, व्यवसायी तथा राजनैतिक दलले समेत सघाउने निर्णय गरेका छन् ।


गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीले कोरोनाको फैलावट रोक्नका लागि यस्तो निर्णय गरिएको बताए ।

गाउँपालिकाको यस निर्णयमा अधिकांश वडाका जनप्रतिनिधिसँगै व्यापारी, दलका नेता, पर्यटन पदाधिकारी लगायतले सहमति जनाएका छन् ।
पछिल्लो समय बिदाका समयमा तथा अन्य बेला पनि पर्यटक आइरहने गरेकामा पछिल्लो समय गाउँपालिकाले जोखिम कम गर्न भन्दै कडा रवैय अपनाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी