कोरोना संक्रमणः व्यासमा २ सहित तनहुँमा ७ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीःतनहुँमा थप सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा व्यासका दुई, देवघाटका दुई, शुक्लागण्डकीका दुई तथा भिमादका एक छन् ।


व्यासका संक्रमितमा वडा नम्बर ६ की २६ वर्षिया युवती तथा व्यास ८ का २८ वर्षका युवक छन् ।
शुक्लागण्डकी ५ का २७ वर्षका युवक तथा वडा नम्बर ६ का ४८ वर्षका पुरुष छन् ।

यसैगरी, भिमाद ११ का ११ वर्षका किशोर तथा देवघाट ५ का ८३ र ८० वर्षका वृद्धमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्