
दमौलीः कोरोना जोखिम बढेको निष्कर्ष निकाल्दै व्यास नगरपालिकाले आफ्नो क्षेत्रका बैंक तथा वित्तिय संस्थालाई विहान १०ः०० बजे देखी २ः०० बजेसम्म मात्र खोल्न दिने भएको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिको बैठकले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पुर्ण मापदण्डहरु कडाईका साथ लागु गर्दै समय कटौती गर्ने निर्णय गरेको हो ।
व्यास नगरपालिका उच्च जोखिममा रहेको भन्दै नगरपालिकाले अनावश्यक भिडभाड नगर्न साथै यथासाक्य डिजिटल वैंकिङ प्रणालिको अधिकतम उपयोग गर्न ग्राहकसँग अनुरोध गरेको छ ।