
पोखराः स्वतन्त्र सभासद राजीव गुरुङ ‘दीपक मनाङे’ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । बिहिबार बसेको गण्डकी प्रदेश मन्त्रीपरिषदको बैठकमा उनलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको हो ।
उनी मनाङबाट स्वतन्त्र उमेद्वार बनेर गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित थिए ।
यस खबरको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले पुष्टि गरेका छन् । उनले केहीबेरमा मन्त्री गुरुङले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ लिने जानकारी दिए ।
मनाङेले अन्तिम समयमा आएर मुख्यमन्त्री गुरुङको सरकारलाई साथ दिएका थिए ।
मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको मन्त्रालय फुटाएर उनलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको थियो ।