देउरालीनगरमा आधुनिक वधस्थल

  • ख-
  • ख+

दमौलीः दमौलीमा नमुना बधस्थल निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका वडा नं. ३ स्थित देउराली नगरमा निर्मित बधस्थलको नगर प्रमुख मेयर वैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।
सुधारिएको आधुनिक बथस्थलको रुपमा संचालन ल्याउन लागिएको भन्दै मेयर न्यौपानेले सफा, स्वच्छ र व्यवस्थित मासु विक्री वितरण यस वथस्थलको प्रमुख उदेश्य हुनुपर्नेमा जोड दिए ।


उनले वधस्थलको सफाईमा विशेष ध्यान दिनु पर्छ योसो भएमा वातावरण प्रदुषण नहुने बताए ।
बधस्थल उद्घाटन कार्यक्रम का सभापति एवम् पुल्चोक टोल विकास संस्था का अध्यक्ष नेत्रबहादुर थापाले बधस्थल गण्डकी प्रदेशकै रूपमा चिनारी हुने विश्वास व्यक्त गरे । व्यास नगरपालिकाको ठूलो भूमिका भन्दै टोल वासी र मासु व्यवसायीहरुको सहयोगमा वधस्थल संचालन हुन जरुरी रहेको उनको भनाइ छ । वधस्थलमा वायु ग्यास, भित्तामा रिटेरिङ्ग वाल्क, नालीसहित निर्माण भएको अवस्थामा संचालन गर्दा राम्रो हुने उनले बताए ।


कार्यक्रममा व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठ, व्यास ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देललगायत उपस्थित थिए ।


झण्डै ६० लाख को लागतमा तयार बधशालाले बजारमा प्रदुषण कम गर्ने र व्यवस्थित तथा शुद्ध मासुको आपूर्तिमा जोेड दिने व्यास ३ का वडा सदस्य रविन पौडेलले बताए । वधस्थल निर्माण उपभोक्ता समितिका सचिव देव गजमेरले दमौली मात्र नभएर यस क्षेत्रकै लागि नमूना भएको भन्दै यसको सदुपयोगमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी