
पोखराः सांसद हराएको भन्दै जनमोर्चाले खोजी गर्न निवेदन दिए पछि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
बुधबार मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान गर्ने बेला जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भए पछि पार्टीले उनको खोजीको माग गर्दै प्रदेश सभामा निवेदन दर्ता गराएको थियो ।
त्यसपछि सभामुख नेत्रनाथ अधिकारील्े साढे ४ बजेका लागि डाकिएको प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरेका हुन् ।