आदिकविका प्राध्यापकका लागि भर्चुअल शिक्षण तालिम

  • ख-
  • ख+

दमौलीः क्याम्पसमा प्राध्यापकहरुका लागि आदिकवि भानुभक्त क्याम्पसमा भर्चुअल शिक्षण सम्बन्धी ४ दिने पुनर्ताजगी तालिम सुरु भएको छ ।

पहिलो दिन कक्षा ११ र १२ मा दिवा सत्रमा अध्यापन गर्नेे प्राध्यापकका लागि आयोजित तालिमको शुरुवात गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले भौतिक उपस्थितिमा अध्ययन अध्यापन बन्द गरेका कारण अबका दिनदेखि क्याम्पसले भर्चुअल माध्यमले नै बाध्यकारी अवस्था आएको बताए ।


कक्षा ११ ÷ १२ कार्यक्रम संयोजक चिरञ्जीवी बस्नेतले तालीमले भर्चुअल शिक्षण सिकाइलाई थप प्रभावकारी पार्ने विश्वास व्यक्त गरे । तालिममा सहभागी शिक्षकको लागि क्याम्पसको शिक्षण व्यवस्थापन सूचना प्रणाली शाखाका प्रमुख इन्जिनियर सुलभकुमार श्रेष्ठले तालिमको सहजीकरण गरेका थिए ।

स्नातक र स्नातकोत्तर तहमा अध्यापन गर्ने प्राध्यपकहरुका लागि विहानी सत्रमा र कक्षा ११ र १२ मा प्राध्यापन गर्ने प्राध्यापकहरूको लागि सायमकालीन सत्रमा चार दिनसम्म तालिम सञ्चालनको व्यवस्था मिलाएको छ । क्याम्पसले माइक्रोसफ्ट टिम्स सफ्टवेयरको माध्यमबाट अनलाइन शिक्षण गर्ने व्यवस्था मिलाएको छ ।


क्याम्पसले आगामी बैशाख १९ गते आइतबार देखि बिहानी, दिवा र सायम कालीन सत्रमा कक्षा ११ र १२, स्नातक र स्नातकोत्तर तहहरूका सबै कक्षाहरु अनलाइन माध्यमबाट सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।

त्यसै गरि मंगलवार दिउँसो कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि क्याम्पसमा स्नातक तहमा सुचना तथा सञ्चार प्रविधि शिक्षा विषयमा अध्यनरत विद्याथीहरुको साझा सस्था एबिआइटी क्लबको प्राविधिक सहायतामा कक्षा १२ नेपाली, कक्षा १२ अंग्रेजी, कक्षा १२ मानविकी र कक्षा १२ ब्यवस्थापन विषय समूहका विद्यार्थीहरुलाई अनलाइन शिक्षण सिकाइ सम्बन्धि अभिमुखिकरण कायक्रम सम्पन्न भएको थियो ।

अभिमुखीकरणमा माइक्रोसफ्ट टिमको सहायताबाट कसरी प्रभावकारी अनलाइन सिकाइका सम्बन्धमा एबिआइटी क्लबका अध्यक्ष विकल श्रेष्ठले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी