जाँच्न माग्ने सांसदलाई नै कोरोना संक्रमण

  • ख-
  • ख+

पोखरा: कोरोना परीक्षण माग गर्दै गण्डकी प्रदेश संसद अवरुद्ध गरेका नेकपा एमालेका प्रदेश सांसद राजीव पहारीसहित तीन सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसरी संक्रमित हुनेमा सत्ताधारी एमालेका दुई र कांग्रेसका एक सांसद छन् ।पहारीसहित एमालेका प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङलाई कोरोना देखिएको हो ।
अब दिउँसो एक बजे हुने प्रदेश सभा बैठकमा संक्रमित सांसदले बोल्न पाउने छैनन् । तर अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा भने मतदान गर्न उनीहरुलाई दिइनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्