संसद अवरोधपछि प्रदेश सभासदको कोरोना जाँच्न थालियो

  • ख-
  • ख+

पोखराः कोरोना परीक्षणबीना प्रदेश सभा बैठक अघि बढाउन लागेको भन्दै एमाले सांसदले अवरोध गरे पछि गण्डकी प्रदेशका सबै सांसदको कोरोना परीक्षणका लागि पीसीआर संकलन गरिएको छ ।


एमाले सांसद राजीव पहारीले बैठकमा सांसद दीर्घरोगी भएको हुनसक्ने भन्दै यस विषयमा कुरा उठाए पछि सांसदहरु उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि २० मिनेटका लागि सभामुख नेत्रनाथ अधिकारीले स्थगित गरेको बैठक सूचना टाँस गरेर पीसीआर परीक्षणपछि बुधबार दिउँसो २ बजेका लागि डाकिएको हो ।


कोरोना रिपोर्ट पोजिटिभ आएका सांसदले बैठकमा बोल्न नपाउने गरी बैठक डाक्ने सहमति भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।


लामै समयको छलफलपछि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सांसदहरुको पिसिआर परिक्षण गरेपछि बस्ने सहमति भएको छ । तर अविस्वासको प्रस्तावका पक्ष वा विपक्षमा भने संक्रमित भए पनि सांसदले मतदान गर्न पाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी