प्रदेश सभामा अवरोधपछि विकको आक्रोश,’ कोरोना जाँच्न विपक्षीले रोकेको हो?’

  • ख-
  • ख+

पोखरा: सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल र मतदानको तयारी गरे पनि सत्ता पक्षका सांसदको विरोधका कारण संसद बैठक अवरुद्ध भए पछि विपक्षी सांसद आक्रोशमा आएका छन् ।

एमाले सांसद राजीव पहारीले सांसदहरु दीर्घरोगी भएको तथा भीड भएको भन्दै कोरोना जाँचेर मात्र बैठक हुनु पर्ने माग गरे पछि एमाले सांसदले उठेर बैठकमा अवरोध गरेका थिए ।

तनहुँका कांग्रेसका प्रदेश सभा सदस्य डोबाटे विश्वकर्माले कोरोना जाँच्ने काम विपक्षी नभई सरकारको भएको भन्दै सत्ता नछाड्ने चरित्र देखाइएको आरोप लगाए ।’ बैठकको मिति पहिल्यै थाहा थियो ,’ उनले भने, ‘ समयमा काम नगर्ने अहिले आएर संसदमा प्रहार गर्ने। कोरोना जाँच्न हामीले रोकेको हो? ‘

सरकारले अलोकतान्त्रिक चरित्र देखाएको उनको आरोप छ।अविश्वास प्रस्तावमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिए पछि बुधबार मतदान गर्ने विपक्षीको योजना थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी