भौतिक कक्षा बन्द गर्ने व्यासको निर्णय

  • ख-
  • ख+

दमौली : व्यास नगरपालिकाले बुधबारबाट नगर क्षेत्रका शैक्षिक संस्थामा भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले देशैभर संक्रमण बढेको भन्दै भौतिक कक्षा रोक्ने निर्णय गरेको हो ।

अब भर्चुअल तथा अन्य वैकल्पिक कक्षा चलाउन नगरपालिकाले भनेको छ। यसै आधारमा नगरका विद्यालयमा पत्राचार गरिएको नगर शिक्षा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए ।

तर परीक्षाका हकमा भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न नगरपालिकाले निर्देशन जारी गरेको रेग्मीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी