जनमोर्चाको भोट पाउनेलाई मेरो भोट:दीपक मनाङे

  • ख-
  • ख+

पोखराः नेकपा एमालेको समर्थनमा स्वतन्त्र चुनाव जितेका मनाङका प्रदेश सभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ले राष्ट्रिय जनमोर्चाले समर्थन दिएकालाई नै आफूले नयाँ सरकार गठनमा सघाउने बताएका छन् ।


यस अघि नेकपाको सत्तापक्षको बेञ्चमा बस्दै आएका उनले सोमबारबाट छुट्टै स्वतन्त्रका लागि सिट समेत मागेका छन् । उनले मेन समाचार अनलाईनसँगको कुराकानीका क्रममा जनमोर्चाको समर्थनका आधारमा मात्र सरकार टिक्ने वा नयाँ बन्ने भएकाले आफूले सोही बाटोमा रहेर भूमिका खेल्ने बताए ।

उनले जनमोर्चाको केन्द्रीय नीति चित्त बुझेकाले सोही बाटोमा जान लागेको अन्र्तवार्ताका क्रममा जिकिर गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी