मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा

  • ख-
  • ख+

पोखरा: गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सोमबार संसद्‍मा अविश्वास प्रस्ताव पेस गरेका हुन् । कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको तर्फबाट नेपालीले अविश्वास प्रस्ताव पेस गरेका हुन् ।

नयाँ मुख्यमन्त्रीमा नेता नेपालीलाई नै प्रस्ताव गरिएको छ । प्रस्ताव पेस भएपछि अविश्वासमाथि छलफल सुरु भएको छ ।

सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पेस भएको प्रस्तावमाथि सांसदले बोल्ने क्रम सकिएपछि मतदान हुनेछ । सम्भवत १५ वैशाखमा अविश्वास प्रस्तावमाथि मतदान हुनेछ ।

संसद्‍मा अविश्वास पेस गर्दै नेता नेपालीले मुख्यमन्त्री गुरुङले प्रस्तावसँग डराएर चालु हिउँदे अधिवेशन अन्त्य गरेकोमा आपत्ति जनाए ।

केन्द्रीय सरकारले थालेको असंवैधानिक कदमको मतियार बनेको नेता नेपालीले बताए । गण्डकी प्रदेश सरकारले पनि संविधानको अवहेलना गरेको उनले बताए । अविश्वास प्रस्ताव पेस भएर केही सांसदले बोलेपछि बैठक भोलि १२ बजेसम्म स्थगित भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी