गण्डकी प्रदेश सभाः आजबाट विशेष अधिवेशन, जोगिएला पृथ्वीसुब्बा सरकार ? (टिप्पणी)

  • ख-
  • ख+

पोखराः केही सातायता तातिएको पोखराको राजनीतिमा नयाँ आयाम आजबाट शुरु हुँदैछ । मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस नेतृत्वका विपक्षीले विशेष अधिवेशनको सत्रमा आफ्नो प्रस्ताव पारित गराएर सरकार ढाल्ने कसरत गर्नेछन् ।

विशेष अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बोल्नेछन् ।

सोमबार र मंगलबार सांसदहरुले अविश्वास प्रस्तावमाथि छलफल गर्नेछन् । सांसदहरुले बोलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढाइने कार्यव्यवस्था परामर्श समितिका सदस्य सांसद कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद छन् । विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन् ।
सामान्यतः देखिएको समीकरण नै कायम रहेमा प्रदेश सरकार ढल्नेछ ।

तर यसबीचमा मुख्यमन्त्री गुरुङका लागि सरकार टिकाउने अन्तिम अस्त्रका रुपमा प्रयास गर्ने केही बाटा पनि रहनेछन् । विपक्षी मोर्चाको एक सहयात्री जनता समाजवादी र केन्द्रले अविस्वासको प्रस्तावमा साथ दिने भने पनि हालसम्म अविस्वासको प्रस्तावमा हस्ताक्षर गरि नसकेको जनमोर्चालाई आफन पक्षमा राख्न सके उनले आफ्नो सत्ता जोगाउन सक्नेछन् । तर ती बाटा निकै नै साँघुरा र असम्भवप्रायः देखिनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी