‘डुम्रेमा तीन सय एमाले प्रवेश’

  • ख-
  • ख+

डुम्रेः विभिन्न पार्टी परित्याग गरी डुम्रेमा तीन सय जना आफ्नो पार्टी प्रवेश गरेको नेकपा एमालेले दावी गरेको छ ।

बन्दीपुर गाउँ संगठन कमिटी १ र ४ नं वडा भेलाका क्रममा ती कार्यकर्ता पार्टी प्रवेश गरेको छ ।

बन्दीपुर १ डुम्रे क्लब भवनमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ तथा केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य माननीय भगवती न्यौपानेले पार्टी प्रवेश गराएको पार्टी वडा नम्बर १ का संयोजक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी