ठूलो राष्ट्रिय झण्डा राख्दै आदिकविले मनायो लोकतन्त्र दिवस

  • ख-
  • ख+

दमौलीः १५ औं लोकतन्त्र दिवस आदिकवि भानुभक्त क्याम्पसले राष्ट्रिय झण्डोत्तलन गरेर मनाएको छ ।


क्याम्पस परिसरमा राखिएको ठूलो राष्ट्रिय झण्डाको झन्डोत्तोलन कार्यक्रम तथा क्याम्पस स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितामा विजयी समूहहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम शनिबार क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद डोवाटे विक र विशिष्ट अतिथि संविधान सभासद् रामचन्द्र पोखरेलले क्याम्पसको छतमा नेपालको झण्डाको संयुक्त रुपमा डोरी तानेर झन्डोत्तोलन गरे ।


कार्यक्रममा प्रदेश सभा सदस्य विकले वर्तमान सरकारले लोकतन्त्रको मूलभूत मान्यतालाई उल्लंघनगरेको र लोकतन्त्रको रक्षाकालागि अहिले पनि जनताले चनाखो रहनु पर्ने बताए ।
संविधान सभाका सदस्य रामचन्द्र पोखरेलले लोकतन्त्र प्राप्तिका चरणहरूमा गरिएका संघर्षका स्मरण सुनाए ।


क्याम्पस र क्याम्पसमा कृयाशिल आदिकवि नेपाली सिर्जनशील मञ्चको संयुक्त आयोजनामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका सदस्यहरु बाबुराम बगाले, सरिता थापा भण्डारी र सृजना तिवारी तथा लेखा समितिका संयोजक ऋषिराम ढुंगानाको उपस्थिति रहेको थियो ।


सांस्कृतिक नृत्य प्रतियोगितामा दोस्रो पुरस्कारको सौजन्य गर्नुभएका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई प्रमुख अतिथि विकले प्रशंसापत्र हस्तान्तरण गरे ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, नेपाली विभागका प्रमुख विजयराज खनाल, विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरेलगायत प्राध्यापक कर्मचारी, पुर्व विद्यार्थी, विद्यार्थीहरु लगायतको उपस्थित रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी