राधा माविले जित्याे प्रथम अध्यक्ष म्याग्दे कपकाे उपाधि

  • ख-
  • ख+

म्याग्दे:प्रथम अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे उपाधि राधा माविले जितेको छ । मनहरीकाे आदर्श नमुना युवा क्लबकाे खेलमैदानमा बिहिवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण , ७ रजत र ४ काश्य सहित राधा माविले शिल्ड उचालेकाे म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

यस्तै ६ स्वर्ण , ३ रजत र ७ कास्य सहित जनगणपति मावि द्वितीय भएको छ भने ५ सवर्ण , ६ रजत र १० कास्य सहित मीन मावि तृतीय भएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए । यस्तै वडास्तरीय पुरूष भलिबल प्रतियोगितामा वडा नँ ७ प्रथम , वडा नँ ५ द्वितीय र वडा नँ ६ तृतीय भएका छन् भने महिला भलिबलमा वडा नँ ५ प्रथम , वडा नँ २ द्वितीय र वडा नँ ६ तृतीय भएकाे अधिकारीले बताए ।

बिजेता टिमलाई क्रमश ३० हजार , २० हजार , १५ हजार नगद तथा मेडल , ट्रफि र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक एवम् याेजना साखा प्रमुख श्रीराम खनालले बताए । प्रतियोगिताका बिजेताहरू लाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले पुरस्कार बितरण गरेकाे शिक्षा शाखा प्रमुख बुद्धि सागर खनालले बताए ।

पुरस्कार बितरण एवम् समापन कार्यक्रममा वडा अध्यक्षहरू क्रमश पदमराज वाग्ले , शिव बहादुर अाले , प्रेमबहादुर अाले , गाैरबराज राना लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा छात्र कब्बडि तर्फ प्रथम मीन मावि थर्पु , द्वितिय रत्न मावि मनपाङ र तृतीय राधा मावि जामुने भएका छन् । यस्तै छात्रा कब्बडि तर्फ राधा मावि जामुने प्रथम , मीन मावि थर्पु द्वितिय र महेन्द्र मावि गुणादी तृतीय रहेका छन् ।

भलिबलमा मीन मावि पहिलो

छात्र भलिबल तर्फ प्रथम मीन मावि थर्पु , द्वितीय गणेश मावि छाङ्ग र तृतीय जनगणपति मावि धयेंरे रहेका छन् । यस्तै छात्रा तर्फ मीन मावि थर्पु प्रथम , राधा मावि जामुने द्वितीय र महेन्द्र मावि गुणादी तृतीय रहेकाे शिक्षा साखाका महेश भट्टराईले बताए । हाइजम पुरूष तर्फ जनगणपति मावि प्रथम , महेन्द्र मावि द्वितीय र तृतीय राधा मावि रहेका छन भने छात्रातर्फ महेन्द्र मावि प्रथम , जनगणपति मावि द्वितीय र मीन मावि तृतीय रहेका छन् ।

छात्र लङजममा जनगणपति प्रथम , राधा मावि द्वितीय र मीन मावि तृतीय भएका छन् । यस्तै छात्रामा राधा मावि प्रथम , महेन्द्र मावि द्वितीय र मीन मावि तृतीय रहेका छन् । त्रिपलजम पुरूष तर्फ महेन्द्र मावि प्रथम , जनगणपति मावि द्वितीय र मीन मावि तृतीय रहेका छन् । यस्तै छात्रा तर्फ राधा मावि प्रथम , महेन्द्र मावि द्वितीय र मीन मावि तृतीय भएका छन् ।

ज्यावलिङ थ्राे छात्र तर्फ राधा मावि प्रथम , महेन्द्र मावि द्वितीय र मीन मावि तृतीय भएका छन् । यस्तै छात्रा तर्फ महेन्द्र मावि प्रथम , राधा मावि द्वितीय र जनगणपति मावि तृतीय भएका छन् । छात्र सर्टजममा गणेश मावि महेन्द्र मावि राधा मावि क्रमश प्रथम , द्वितीय र तृतीय भएका छन् । यस्तै छात्रा तर्फ प्रथम राधा मावि , द्वितीय जनगणपति मावि र तृतीय महेन्द्र मावि रहेका छन् ।

रिले दाैड छात्र तर्फ जनगणपति मावि प्रथम भएको छ भने छात्रा तर्फ महेन्द्र रत्न , छात्रातर्फ राधा मावि प्रथम , मीन मावि द्वितीय , जनगणपति तृतीय मावि रहेका छन् । रिलेकै छात्रमा राधा मावि प्रथम , द्वितीय मीन मावि छन् । यस्तै छात्रा तर्फ राधा मावि , महेन्द्र मावि र जनगणपति मावि क्रमश प्रथम , द्वितीय र तृतीय भएका छन् ।
जनगणपति मावि प्रथम सय मिटर दाैडमा प्रथम , द्वितीय राधा मावि र तृतीय मीन मावि छन् । यस्तै छात्रा मा मीन ,राधा र महेन्द्र मावि क्रमश प्रथम द्वितीय र तृतीय भएका छन् । छात्र दुई सय मिटर दाैडमा जनगणपति मावि प्रथम , राधा मावि द्वितीय र मीन मावि तृतीय रहेका छन् भने छात्रा तर्फ मीन मावि प्रथम , राधा मावि द्वितीय र गणेश मावि तृतीय भएका छन् । चारसय मिटर दाैडमा महेन्द्र मावि प्रथम , द्वितीय राधा मावि र मीन मावि तृतीय भएको छन् । छात्रा ४०० मिटरमा राधा मावि प्रथम , रत्न मावि द्वितीय र जनगणपति मावि तृतीय भएका छन् ।

८००मिटर छात्र तर्फ राधा मावि प्रथम , मीन मावि द्वितीय र जनगणपति मावि तृतीय भएको संयाेजक खनालले बताए । यस्तै छात्रा तर्फ राधा मावि प्रथम ,मीन मावि द्वितीय र महेन्द्र मावि तृतीय भएका छन् । १५०० मिटर छात्रतर्फ राधा मावि प्रथम , मीन मावि द्वितीय र जनगणपति मावि तृतीय भएका छन् । यस्तै छात्रा तर्फ जनगणपति मावि प्रथम , द्वितीय रत्न मावि र तृतीय मीन मावि रहेका छन् । छात्र करांते ४२ केजी राधा मावि प्रथम र महेन्द्र मावि द्वितीय रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्